अर्घाखाँची : भिरबाट खसेर अर्घाखाँची सन्धिखर्क–६ का ८८ वर्षीय तोयनारायण भट्टराईको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका–६ बोखरमा भिरबाट लडेर भट्टराईको आइतबार बेलुकी मृत्यु भएकाे हाे।
साँझ हिडडुल गर्ने क्रममा गोरूसिङगे सन्धिखर्क सडकखण्डको बोखरमा सडकको डिलबाट तल भिरबाट खसेर भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन शाहले जानकारी बताए।








