गृहपृष्ठ खबर सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन वैशाख १६ गतेदेखि बन्द हुने

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन वैशाख १६ गतेदेखि बन्द हुने

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो।

कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।

विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए।

सम्बन्धित् समाचार