गृहपृष्ठ खबर श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार हुन्छ- प्रधानमन्त्री

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार हुन्छ- प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् । मजदुर दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८र ७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन भइ मासिक १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायमा ल्याउने बताएका हुन् ।

१३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर सुरु भएको आन्दोलन दिवसका रुपमा मनाउँदै आएको स्मरण गर्दै उनले विश्वव्यापी रुपमा कार्यथलोमा हरेक दिन सात हजार ६०० मानिस मर्ने गरेको र दक्षिण एशियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको बताए । उनले कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रुपमा प्रक्षेपण गरिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एशियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताए । श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाइ श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई परवद्धर्न गरेको उनले उल्लखे गरे ।

आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई रु एक लाखको बीमा गरिएको पनि उनले बताए ।

सम्बन्धित् समाचार