गृहपृष्ठ Featured अत्यावश्यक बस्तुको खरीद विक्रिमा कृत्रिम अभाव, मुल्य बृद्धि हुन नदिन कपिलवस्तु उद्योग वाणिज्य संघको आह्वान ।

अत्यावश्यक बस्तुको खरीद विक्रिमा कृत्रिम अभाव, मुल्य बृद्धि हुन नदिन कपिलवस्तु उद्योग वाणिज्य संघको आह्वान ।

कपिलवस्तु, चार नम्बर

दिन प्रति दिन तिब्र गतिमा बढिरहेको कोरोना महामारीको यो विषम परिस्थितीमा अक्सिजनको अभाव भईरहेका बेला प्रयोगमा खालि रहेका अक्सिजन सिलिन्डर तत्काल फिर्ता गर्न र जिल्ला भित्र रहेका अक्सिजन सिलिन्डर लुकिछिपि जिल्ला बाहिर निर्यात भएको भन्ने विषयमा समेत गम्भीर ध्यानाकार्षण हुनुका साथै त्यस्ता कार्य तत्काल रोक्न कपिलवस्तु उद्योग वाणिज्य उद्योगले अनुरोध गरेको छ ।                                                                       आज बसेको वाणिज्य संघको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ । बैठकले कोभिड १९ को महामारीमा परी स्वर्गारोहण हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दै विभिन्न स्वास्थ्य संस्थामा संक्रमित भई तथा घरमै आइसुलेसन उपचारमा रहेका सम्पुर्णको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले कोरोना महामारीको दोस्रो लहरले भयाभह अवस्था सिर्जना हुदै गएको तथा सामाग्री, औषधि, अक्सिजन, अस्पतालमा बेड अभाव रहेको अवस्थामा अनावश्यक घर बाहिर ननिस्कन निस्कनै परेमा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न नियमित रुपमा साबुन पानीले हात धुन सेनिटाइजरको प्रयोग गर्न र उच्च मनोवलका साथ यस महामारी संग सजग र शर्तक रहि सामाना गर्न अनुरोध गरेको छ । त्यस्तै सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आफु संग रहेको अक्सिजनको सिलिन्डर सम्बन्धित निकाय संग समन्वय गरी एक एक व्यक्तिको ज्यान जोगीने अवस्था रहेकोले सहयोग गर्नु भई मानविय सेवाको कार्यमा सहयोग गर्न पनि अनुरोध गरिएको छ । महामारीको अवस्था भयावह हुर्दै गएको सन्दर्भमा राज्यका सम्पूर्ण निकायहरु एवम् स्वास्थ्य सेवा प्रदायकहरु लाई सम्पूर्ण व्यवस्थापन र तयारीमा रहनको लागि आवहान गर्नुको साथै महामारीको अवस्थामा आफु सुरक्षित हुर्दै मानवीय सेवामा जुट्न सरोकारवाला सम्पूर्ण संघसंस्था, राजनैतिक दल लगायत सम्पूर्णमा एकतावद्ध भई सहकार्यको लागि अनुरोध गर्दै अत्यावश्यक बस्तुको खरीद विक्रिमा कृत्रिम अभाव, मुल्य बृद्धि, गुणस्तर जस्ता कार्यहरुमा सजक रहन उपभोक्ता, उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेको छ । अग्रपन्तीमा रहि अहोरात्र स्वास्थ्य सेवामा खटीरहनु भएका स्वास्थ्य कर्मी, नर्स, स्यमसेवी, एम्बुलेन्स चालक सुरक्षा कर्मी, सञ्चार कर्मी सम्पूर्णमा धन्यवाद ज्ञपान गरिएको संघका महासचिव मनोज पौडेल र अध्यक्ष डोलकराम घिमिरेद्धारा हस्ताक्षरित अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित् समाचार