गृहपृष्ठ Featured आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने

आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने

आज १ नं. प्रदेशलगायतका भू-भागका पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । आज राति प्रदेश १, बागमाती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ भने अहिले प्रदेश नं १ र प्रदेश नं २ का साथै पहाडी भू-भागमा बदली भइरहेको छ ।

भोलि प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने छ । महाशाखाका अनुसार प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भागमा हिमपात तथा वर्षा हुने सम्भावना छ ।

त्यस्तै बुधबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा वर्षा हुने छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार