नेपाली राष्ट्रिय फुटबल टाेली आज इराक जाँदै छ । मैत्री खेलका लागि नेपाली टाेली इराक जान लागेकाे हाे ।
आज राति कतार एयरवेजबाट नेपाली टाेली इराक प्रस्थान गर्ने छ । इराक जाने नेपाली टाेली २३ खेलाडीसहित ३५ सदस्यीय हुने छ ।
यसअघि इराक जान लागेकाे नेपाली टोलीको कोरोना परीक्षण गरिएको थियो । उनीहरू सबैको रिपोर्ट निगेटिभ आएको थियो ।
यही १५ जेठ (शनिबार) नेपालले इराकसँग मैत्री खेल खेल्ने छ ।
इराकसँग खेल्ने नेपाली टाेली
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान







