गृहपृष्ठ खबर कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु, उजाडियो परिवार

कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु, उजाडियो परिवार

कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विराटनगरको एक परिवार उजाडिएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको हो ।
परिवारका अभिभावक  आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए ।
न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि  ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर चार दिनको बीचमा

उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । उनीहरुका छोरो भने  अस्पतालमा उपचाररत रहेका छन् ।
संक्रमणका कारण आमा बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले  दागवत्ती दिनपनि छोराले नपाएको आफन्त न्यौपानेले बताए ।

‘कोराना संक्रमणबाट  चार दिनको अन्तरालमा परिवारका तिन सदस्यले मृत्युवरण गर्नु प¥यो’आमा,बुबाको मृत्यु हुदा छोराले दागबत्ती समेत दिन पाएनन्’आफन्त र छिरछिमेकले अन्त्येष्टिमा सहभागी भएका छौ,’ उनले भने । कोरोनाले ढुंगाना परिवारको घर नै उजाडिदिएको उनले बताए ।

सम्बन्धित् समाचार