गृहपृष्ठ Featured ६ हजार २०५ जना कोरोनामुक्त हुँदा ४ हजार ३६९ थपिए,१०९ को मृत्यु

६ हजार २०५ जना कोरोनामुक्त हुँदा ४ हजार ३६९ थपिए,१०९ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।  विधिन्न प्रयोगशालामा गरिएका १० हजार ९८६ नमूनाको पीसीआर र १ हजार ७८४ नमूनाको एन्टिजेन विधिबाट ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमित १ लाख ८ हजार ८९७ जना रहेका छन्। यस्तै पछिल्लो २४ घन्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा  भने थप १ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको छ।

 

सम्बन्धित् समाचार