गृहपृष्ठ Featured विराटनगरको बालसुधार गृहका २५ जना बालकमा कोरोना पुष्टि

विराटनगरको बालसुधार गृहका २५ जना बालकमा कोरोना पुष्टि

उमेर नपुगेका कैदीबन्दी राखिएको मोरङको विराटनगरमा रहेको बालसुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । बालसुधार गृहका २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

५० जनाको पीसीआर परीक्षण गर्दा २५ जना बालकमा कोरोना पुष्टि भएको विराटनगर महानगरपालिकाले जनाएको छ । ५० जना क्षमता भएको सुधार गृहमा  १९३ जना बालक छन् । गत २  जेठ मा पहिलो पटक एक बालकमा कोरोना संक्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

१३ जेठमा कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पीसीआर परीक्षण २२ जनाको रिपोर्ट पोजिटिभ आएको पाइएको छ । २२ जनाको रिपोर्ट पोजिटिभ आएयता अन्य बालकको पीसीआर परीक्षण भएको छैन ।

सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको जनाएको छ । १३ जेठ संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ जेठमा आउँदा २२ जनामा कोरोना देखिएको भएपनि अन्य बालकको परीक्षण अझै भएको छैन ।

सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार संक्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै राखिएको छ ।  १३ जेठमा स्वाब संक्रलन गरिएका बालकको रिपोर्ट ढिलो आएकाले अन्य बालकको परीक्षणमा ढिलाइ भएको उनले बताए ।

सम्बन्धित् समाचार