एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्रीद्वय माधकुमार नेपाल र झलनाथ खनाल पक्षले हस्ताक्षर फिर्ताको शर्त स्वीकार नगर्ने अडान राखेको छ । अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता स्वीकार गरेर एकता नहुने निष्कर्ष निकालेको हो ।
एकताका लागि आफूहरूले अघि सारको ६बुँदे प्रस्ताव विना कुनै शर्त पालना हुनुपर्ने निचोड बैठकले निकालेको सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् । ‘पार्टीको विगतका कमिटी ब्युँताउनका लागि अध्यक्ष ओली निःर्सत रूपमा तयार हुनुपर्ने निष्कर्ष हाम्रो छ,’ उनले भनिन् ।
यस्तै, नेता बेदुराम भुसालले संविधान, लोकतन्त्र र संसदको रक्षाका निम्ति गरिएको हस्ताक्षर फिर्ता नहुनेमा एकमत रहेको बताए । ‘पार्टी एकताका लागि ६बुँदे प्रस्ताव पालना लागि अध्यक्ष ओली निःशर्त तयार हुनुपर्छ । राजनीतिक व्यवस्था र संविधान जोगाउनका लागि हामीले चालेको कदम फिर्ताका लागि उहाँले संसद् विघटन फिर्ता गर्नुपर्ने मत हामीहरूको छ’, उनले भने ।







