गृहपृष्ठ अन्तरास्ट्रिय खबर रूसमा अवतरणका क्रममा विमान धस्सियो, ९ जनाको मृत्यु

रूसमा अवतरणका क्रममा विमान धस्सियो, ९ जनाको मृत्यु

रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको विमान दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो विमान अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा विमान धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ । सो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।  त्यस विमानमा १७ जना रहेका र संकटकालीन रूपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ ।

सो विमान राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान गरेको बताइएको छ । तर चौथो पकटको उडानका क्रममा विमानमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ ।

सम्बन्धित् समाचार