गृहपृष्ठ Featured सङ्खुवासभामा सेफ्टीट्याङ्की भत्किएर दुई जनाको मृत्यु

सङ्खुवासभामा सेफ्टीट्याङ्की भत्किएर दुई जनाको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका- ४, सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ ।

सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी- ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ  र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा आइतबार साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।

घाइते भएका दुवैलाई स्थानीयले तत्कालै उद्धार गरी जिल्ला अस्पताल ल्याएका थिए ।

सम्बन्धित् समाचार