गृहपृष्ठ Featured सरकारले खोल्यो शर्तसहित आन्तरिक उडान

सरकारले खोल्यो शर्तसहित आन्तरिक उडान

सरकारले आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्तावमा सशर्त आन्तरिक उडान खुल्ने निर्णय गरेको हो । जसअनुसार ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न पाउने व्यवस्था गरिएको छ ।

‘जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी अर्को आदेश जारी नभएसम्मका लागि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान गर्ने व्यवस्था संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ ।

बुधबारदेखि उडानको लागि अनुमति दिइने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीले जाकनारी गराए । ‘भोलिदेखि हामीले मागअनुसार अनुमति दिने छौँ । पहिले ८ उडान गर्ने एयरलाइन्सले अधिकतम ४ उडान हुनेगरी अनुमति दिइनेछ,’ क्षेत्रीले  भने ।

सम्बन्धित् समाचार