काठमाडौं : १२ हजार २३२ नमूना परीक्षणमा २४ सय ७४ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ७२ सय ३५ पीसीआर र ४९ सय ९७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २४ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा २५ सय १८ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ।








