गृहपृष्ठ Featured शितगंगामा एकल पुरुषलाई भत्ता, बाटो पुगेको सबै ठाउमा सार्वजनिक यातायात पुग्ने ः अधिकारी

शितगंगामा एकल पुरुषलाई भत्ता, बाटो पुगेको सबै ठाउमा सार्वजनिक यातायात पुग्ने ः अधिकारी

वैखरी अनलाइन
अर्घाखाचीको शितगंगा नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने भएको छ । नगरपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गर्दै जानकारी गराएको हो । नगरपालिकाले एकल पुरुष, अबिवाहित ३५ कटेका र बृद्ध भत्ताबाट बञ्चीत महिलालाई भत्ताबापत बार्षिक १२ हजार दिने भएको नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । साथै ग वर्गको अपाङलाइ पनि बार्षिक १२ हजारका दरले रकम उपलब्ध गराउने मेयर अधिकारीले बताए ।

एउटा बिद्यालयमा २० जना भन्दा बढि बिद्यार्थी भएकोमा थप एक शिक्षक दरबन्दी मिलाउने बताए ।
नगरपालिका भित्र बाटो पुगेको तर सार्वजनिक यातायातलाई सुचारु गर्न प्रोत्साहन गर्ने निर्णय भएको उप प्रमुख टिका रेश्मीले बताए । साथै १५ सैयाको अस्पतालको निमार्ण लागी जग्गा ब्यवस्थापन भएको समेत रेश्मीले बताए ।

सम्बन्धित् समाचार