नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । पौडेलले महाधिवेशनबारे छलफलका लागि आज दिउँसो बैठक बोलाएका हुन् ।
पौडेलले बोलाएको बैठक बसुन्धरास्थित दियालो फुडल्यान्डमा दिउँसो २ बजे बस्ने छ ।
कांग्रेसमा महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूले दौडधूप तीव्र बनाएका छन् । आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४औँ महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ ।







