गृहपृष्ठ अन्तरास्ट्रिय खबर रुसमा दैनिक २० हजारभन्दा बढी कोरोना सङ्क्रमित

रुसमा दैनिक २० हजारभन्दा बढी कोरोना सङ्क्रमित

रुसमा शुक्रबार पनि २० हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । रुसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक सङ्क्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरुलाई रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । यो समेत गरी रुसमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

रुसको मस्को शहरमा यहाँका सङ्क्रमित मध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रुसमा यहाँका सङ्क्रमितहरु मध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । समाचारअनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।

त्यसैगरी गएको चौबीस घन्टायता मात्र पनि रुसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ । –सिन्ह्वा

सम्बन्धित् समाचार