कर्णाली प्रदेशमा १५ असार सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद)को १७ वैशाखको निर्णयअनुसार भोलि धान दिवसको अवसरमा बिदा हुने भएको हो ।
कर्णालीमा जुम्लाबाहेकका सबै जिल्लाका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।
जुम्लामा भने १४ चैत्रमा धानको बिउ राख्दाका दिन बिदा दिने गरिएको छ । कर्णालीमा १५ असारमा दही चिउरा खाएर भव्य रूपमा मनाउने भएका कारणले बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।








