गृहपृष्ठ Featured कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको सवारी दुर्घटनामा मृत्यु

कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको सवारी दुर्घटनामा मृत्यु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

रूपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थामा रहेको कल्भर्टबाट खसेको थियो । दुर्घटनापछि गम्भीर घाइते शंकरलाई उपचारका लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । आज साँझ करिब साढे ८ बजे भएको सो सवारी दुर्घटनामा परेका थानेश्वरको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार