नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ ।
बैठकमा सहभागी नेता योगेश भट्टराईले पार्टी अध्यक्षले भोलिका लागि डाकेको बैठकमा सहमागी नहुने निष्कर्ष निकालिएको बताए । भोलिको केन्द्रीय कमिटी बैठकमा जाने/नजाने बारेमा निर्णय गर्ने सो समूहको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा छलफल गरेको थियो ।
बुधबार अध्यक्ष ओलीले दशौँ महाधिवेशन आयोजक कमिटी विघटन गरेर त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको घोषणा गर्दै स्थायी कमिटीमा आठ जनालाई मनोनयन गरेका थिए । स्थायी कमिटीमा सदस्य थप गरिएको विषयमा माधव नेपाल पक्ष असन्तुष्ट देखिएको छ ।








