वैअरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बैकं तथा बित्तिय संस्थाले ब्यवसायीबाट जबरजस्ती तरीकाले ऋण र ब्याज उठाउन खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन । असार मसान्त नजिक आइ रहदा कपिलवस्तुका बैकं तथा बित्तिय संस्थाले बारम्बार फोन गर्दै तनाव दिएको गुनासो आएको बताउदै अझै तनाव दिने काम भए आन्दोलन गर्ने उनले बताए ।
कोरोनाको महामारीको पिडामा परेका ब्यवस्यीलाई मानसिक तनाब हुने गरी यस क्षेत्रका बैकं तथा बित्तिय संस्थाले ऋण तिर्न ताकेता गर्नु निकै दुखत भएको घिमिरेको भनाई छ ।
अध्यक्ष घिमिरेले यस बिषयमा आफनो ध्यानर्कषण भएको बताउदै यही गतिविधि भए ठिक नहुने चेतावनी दिएका छन । तिनै ब्यवसायीको पैसाले चल्ने बैकं तथा बित्तिय संस्था अप्mठयारो पर्दा ब्यवसायीलाई मार्न खोजे गलत हुने घिमिरेले वैखरी अनलाइनलाई बताए ।







