काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हटाइएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २२ असारबाट सबै सवारीसाधन खुला गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । यसअघि २५ सिट क्षमताका सवारीसाधनलाई मात्रै अनुमति दिइएको थियो ।
हेर्नुस् बैठकको निर्णय :










