गृहपृष्ठ खबर नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई तीन सय थान हतियार हस्तान्तरण

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई तीन सय थान हतियार हस्तान्तरण

काठमाण्डौ : नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेश थापालाई सैनिक मुख्यालयमा सोमवार (आज) आयोजित कार्यक्रममा त्यस परिमाणको इन्सास, एसएलआर लगायतका हतियार र त्यसको गोली एवम् आवश्यक पार्टपुर्जा हस्तान्तरण गर्नुभएको हो ।

मन्त्रिपरिषद्को गएको जेठ १७ को निर्णयअनुसार सेनाले १० हजार आठ सय १८ नाल हतियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने छ । प्रहरीले तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि ती हतियार माग गरेको थियो । उपलब्ध गराइएका हतियारको मर्मत तथा सञ्चालनसम्बन्धी तालिमसमेत सेनाले प्रहरीलाई प्रदान गर्नेछ ।

सेनाले बाँकी हतियार आउँदो वैशाखभित्रमा हस्तान्तरण गरिसक्ने जानकारी दिइएको छ । कार्यक्रममा महासेनानी राजेन्द्रमणि गिरी र वरिष्ठ उपरीक्षक दीपक थापाबीच सहमतिपत्र आदानप्रदान भएको थियो । देशका रक्षा र सुरक्षाको धरोहरका रूपमा रहेका ती दुई निकायका बीच शान्ति–सुरक्षा कायम गर्ने सन्दर्भमा कतिपय समयमा संयुक्त परिचालनसमेत हुँदै आएको छ ।

सम्बन्धित् समाचार