वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ का निति तथा कार्यक्रमका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बुद्धभुमीको मायाज इन्टरनेशनल होटेलमा भएको पत्रकार सम्मेलनमा अवका निति तथा कार्यक्रम बारे जानकारी गराइएको हो । सो अवसरमा बोल्दै बुद्धभुमीका मेयर केशव कुमार श्रेष्ठले नगरभित्र आफनै १५ सय्याको अस्पताल निमार्ण कार्य साउनबाट टेण्डर प्रक्रिया सुरु गरेर गर्ने बताए । साथै श्रेष्ठले नगरभित्रका गौरवका योजनालाई पुरा गर्न निरन्तर लागी पर्ने बताउदै टिक्कर बुड्डी बिजगौरी सडकलाई २ लेनको बनाउने बताएका छन ।

अन्य मुख्य निति तथा कार्यक्रम यस्तो छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले निति तथा कार्यक्रमलाई समयमै पुरा गर्ने बताउदै सुन्दर र उत्कृष्ट नगर निमार्ण गर्ने बताएका छन । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता पवन कुमार थारु, प्रशासकीय अधिकृत राजन पोखरेल, पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बजैचार्य लगायतले आआफनो धारणा राखेका थिए ।








