गृहपृष्ठ Featured ११ हजारको परीक्षण गर्दा २३ सय जनामा कोरोना पुष्टि, १२ को मृत्यु

११ हजारको परीक्षण गर्दा २३ सय जनामा कोरोना पुष्टि, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज संक्रमणमुक्त भएर २ हजार ७८ जना डिस्चार भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।

कोरोनाबाट आज १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

सम्बन्धित् समाचार