गृहपृष्ठ Featured प्रधानमन्त्री ओलीले भने- बाँकी अवधि संसद् चलोस्, मेरो शुभकामना छ

प्रधानमन्त्री ओलीले भने- बाँकी अवधि संसद् चलोस्, मेरो शुभकामना छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बाँकी अवधि संसद् चल्नेमा आशंका व्यक्त गरेका छन् ।

मंगलबार सिंहदरबारबाट देशवासीका नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाँकी अवधिमा संसद् चल्ने र समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका हुन् ।

‘बाँकी अवधि संसद् चलोस्, समयमा निर्वाचन होस् । मेरो शुभकामना छ । तर, मलाई शंका छ । जेजस्ता घटनाहरू हुँदै छन्, जेजस्ता घटनाक्रम हुँदै छन् । यसले संसद् पनि सही सलामत अघि बढ्ला र ? अब बन्ने सरकार सही सलामत ढंगले अघि बढ्ला भन्नेमा मलाई शंका छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला अनुचित भएको पनि बताए । ‘अदालतको फैसला अनुचित र गलत छ । तर, अदालतको फैसलालाई मानेर त्यसलाई कार्यान्वयन गरेर हामी अघि बढ्छौँ,’ उनले भने ।

ओलीले आफ्ना पार्टीका कार्यकर्ताहरूलाई धैर्यता नगुमाउन पनि अपिल गरेका छन् ।

सम्बन्धित् समाचार