गृहपृष्ठ Featured तीन विषयमा छलफल गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक

तीन विषयमा छलफल गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ ।

आजको बैठकमा तीन विषयमा छलफल हुने तामाङले जानकारी दिए । उनका अनुसार केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणका बारेमा बैठकमा छलफल हुनेछ ।

सम्बन्धित् समाचार