गृहपृष्ठ Featured विप्लव नेतृत्वको पार्टीले बनाइदियो विपन्न परिवारलाई नयाँ घर

विप्लव नेतृत्वको पार्टीले बनाइदियो विपन्न परिवारलाई नयाँ घर

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले गरिब तथा विपन्न परिवारलाई नयाँ घर निर्माण गरिदिएका छन् । सो पार्टीले लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर बनाइ दिएर हस्तान्तरण गरेको हो । घर निर्माणको काम सकेर पार्टीका नेताहरुले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका चौधरीको जीर्ण घर थियो । त्यो घर भत्काएर विप्लवका नेता कार्यकर्ताले आफैँ श्रमदान गरि नयाँ घर बनाएर दिएका हुन् । घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी, उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरुसँग सहयोग मागेको उक्त पार्टीले जनाएको छ ।  घर निर्माण गरि हस्तान्तरण गरिएपनि घर बनाउँदा कति खर्च लाग्यो भन्ने बारे कुनै जानकारी दिइएको छैन ।

घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले आफ्नो पार्टी निरन्तर निर्माण र जनसेवामा केन्द्रित रहेको बताए । उनले संसदीय दलबाट देशले निकास नपाउने भन्दै वैज्ञानिक समाजवाद अबको आवश्यकता भएको दाबी गरे ।

सम्बन्धित् समाचार