गृहपृष्ठ Featured कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दै गएको कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले यही ३१ साउनदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

‘साउन ३१ गतेबाट हुने भनेको कक्षा १२ को परीक्षा स्थगित गरेका छौँ । कोभिडको संक्रमणको परिस्थितिलाई आकलन गरेर निर्णय गरेका हौँ’ उनले भने । स्थगित परीक्षा पुन‍ः सञ्चालन गर्नुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए ।

सम्बन्धित् समाचार