गृहपृष्ठ Featured रामचन्द्र पौडेलले बोलाए आफू पक्षीय केन्द्रीय समिति सदस्यको बैठक

रामचन्द्र पौडेलले बोलाए आफू पक्षीय केन्द्रीय समिति सदस्यको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा आज दिउँसो ३ बजे बस्ने बैठकमा पौडेल पक्षीय केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बोलाइएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

बैठकमा १४औँ महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे छलफल हुने पाण्डेले बताए ।

नेता पौडेलले आज बिहान पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए । उनले समयमै महाधिवेशन नगरी पार्टीलाई निर्वाचन आयोगमा भिख माग्नुपर्ने अवस्थामा पुर्‍याएको भन्दै आलोचना गरेका थिए ।

सम्बन्धित् समाचार