स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ पुगेको छ । जसमध्ये ५ सयजना भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्ला २० पुगेको छ ।
मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बाग्लुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत रहेका छन् ।
उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ४६ पुगेको छ । काठमाडौंमा ५ हजार ५८३, ललितपुरमा २ हजार २१० र भक्तपुरमा १ हजार ३५३ रहेको छ ।








