गृहपृष्ठ Featured अफगानिस्तानबाट फर्किने नेपालीको संख्या ८२८ पुग्यो

अफगानिस्तानबाट फर्किने नेपालीको संख्या ८२८ पुग्यो

अफगानिस्तनाबाट हालसम्म आठ सय २८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार ४५ र आइतबार  पाँचजना फर्किएका हुन् ।

मन्त्रालयका अनुसार काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन पहल भैरहेको छ । फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

मन्त्रालयले उद्धार हुन चाहनेलाई सम्पर्कमा आउन भनेको छ । यसका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सम्बन्धित् समाचार