बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्रका विद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् । बुधबार बसेको नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले नगरभित्रका असोज ४ गतेदेखि कक्षा १ भन्दा माथिका कक्षाहरु भौतिक रुपमा नै सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्नका लागि अनुमति दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले बताए ।
साथै विद्यालयहरुले संम्बन्धीत विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैको आचारसंहिता समेटेर कक्षा असोज १ गतेसम्म कक्षा संचालन गर्ने कार्ययोजना पेश गर्न आग्रह गरेको छ ।







