गृहपृष्ठ खबर आइपिएलमा पन्जाबद्वारा कोलकाता पराजित

आइपिएलमा पन्जाबद्वारा कोलकाता पराजित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराउँदै पन्जाब आईपीएल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १६६ रनको लक्ष्य पन्जाबले ३ बल बाँकी रहँदा पुरा गर्‍यो। पञ्जाबको जितमा कप्तान केएल राहुलले उत्कृस्ट ब्याटिङ गरे। राहुलले सर्वाधिक ६७ रन बनाउने क्रममा ५५ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।

मायांक अग्रवालले २७ बलमा ३ चौका र ३ छक्का मद्दतले ४० रन, शाहरुख खानले ९ बलमा १ चौका र २ छक्का मद्दतले अविजित २२ रन तथा एडेन मारक्रमले १८ रन बनाएका थिए।

राहुल र अग्रवालले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए। निकोलस पुरनका लागि दोस्रो विकेटका लागि १४ रनको साझेदारी गरेका राहुलले तेस्रो विकेटको लागि एडेन मारक्रमसँग ४५ रन जोडेका थिए।

यस्तै चौथो विकेटका लागि डिजे होडासँग ५ पाँचौ विकेटका लागि शाहरूख खानसँग २८ रनको साझेदारी गरेर आउट भए। जितको लागि ४ रन आवस्यक हुँदा राहुल अन्तिम ओभरको दोस्रो बलमा आउट भएका थिए।

त्यसपछि भेंकटेसको बलमा शाहरुख खानले छक्का प्रहार गर्दै खेल जिताएका थिए। कोलकाताको बलिङमा वरुण चक्रवर्तीले २ विकेट लिए भने शिभम माभी, सुनिल नारायण र भेंकटेस ऐयरले समान १-१ विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो। उसको लागि भेंकटेस ऐयरले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ४९ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

यस्तै राहुल त्रिपाठीले ३४ तथा नितिश रानाले ३१ रन बनाए। ऐयरले दोस्रो विकेटको लागि त्रिपाठीसँग ७२ रनको साझेदारी गरेका थिए।पन्जाबको बलिङमा अर्शदिप सिंहले सर्वाधिक ३ विकेट लिए भने रभी बिस्नोईले २ तथा मोहम्मद शामीले १ विकेट लिए।

जितपछि पन्जाब किंग्स १२ खेलमा ५ जित र ७ हार बेहोर्दै १० अंकसहित अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ। हारपछि कोलकाता समान जित र हार पछि समान अंक रहे पनि नेट रन रेटमा अघि रहँदै चौंथो स्थानमा कायमै छ।

सम्बन्धित् समाचार