गृहपृष्ठ अर्थ/वाणिज्य लायन्स क्लव अफ कपिलवस्तु ‘दिदीबहिनी’द्धारा अनिता वि.क.को परिवारलाई आर्थिक सहयोग

लायन्स क्लव अफ कपिलवस्तु ‘दिदीबहिनी’द्धारा अनिता वि.क.को परिवारलाई आर्थिक सहयोग

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउँकि अनिता विकको परिवारलाई लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीले उपचार खर्च स्वरुप रु. २१ हजार ५ सय ५ रुपैयाँ प्रदान गरेको छ ।क्लवले आज एक कार्यक्रमको आयोजना गरि सो रकम प्रदान गरेको हो ।क्लवका सम्पूर्ण पदाधिकारीको सहयोगमा उक्त रकम अनिता वि.क.को निवासमा पुगरै हस्तान्तरण गरिएको क्लवका अध्यक्ष सविता पौडेल सापकोटाले जानकारी दिनुभयो ।

यस्तै आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रुपमा गर्ने क्लवका सम्पूर्ण पदाधिकारीहरुले प्रतिवद्धता जनाएका छन् । समाजमा सहयोग आवश्यक पर्ने हरेक क्षेत्रमा क्लवले रचनात्मक भूमिका निर्वाह गर्ने क्लवकी अध्यक्ष अध्यक्ष सविता पौडेल सापकोटाले बताउनुभएको छ । अध्यक्ष सविता पौडेल सापकोटा, क्लवका संस्थापक अध्यक्ष लक्ष्मी गैरे लगायत १५ जना पदाधिकारीको उपस्थितमा भएको सहयोग कार्यक्रमको संचालन क्लवका सचिव कविता पाण्डेले गनुभएको थियो ।

काठमाडौमा उपचाररत विकको जीवन रक्षाका लागी सामाजिक सञ्जाल मार्फत अनिता बचाउ अभियान थालिएको थियो । पहिले भन्दा अनिताको स्वास्थ्य अवस्था अहिले केही सुधार हुदै गएको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित् समाचार