गृहपृष्ठ खबर प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाललाई उद्योग मन्त्रालयको जिम्मा

प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाललाई उद्योग मन्त्रालयको जिम्मा

काठमाडौं : आज साँझ विस्तार हुने मन्त्रिपरिषद्मा धानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।

यसअघि प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा मन्त्रीको भाग खोजेको आरोप अहिले हमाल मन्त्री बन्ने पक्का भएपछि पुष्टि भएको छ । हमाल मन्त्री बन्न लागेको देउवाको सचिवालयले पुष्टि गरेको छ ।

यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्ने हल्ला फिँजिएपछि प्रधानन्यायाधीश जबराले आफ्नो बचाउ गर्न भ्रामक समाचार फैलाइएको भनेका थिए । र, मन्त्रिपरिषद्मा आफूले कुनै भागबन्डा नमागेको स्पष्टीकरण दिएका थिए ।

तर, उनको त्यो स्पष्टीकरण केही दिनमै झूटो प्रमाणित भएको छ । हमाल मन्त्री बन्न लागेको बारे प्रधानन्यायाधीश जबराले कांग्रेस नेता भएकाले मन्त्री बन्न लागेको भनेका छन् । हमाल बाँकेबाट कांग्रेस राजनीतिमा छन् तर, उनी राजनीतिमा त्यति सक्रिय देखिँदैनन् ।

सम्बन्धित् समाचार