काठमाडौं : युवा स्टार अंशु फाती २०२७ सम्म बार्सिलोनामै बस्ने भएका छन् । फातीले बिहीबार बार्सिलोनासंग सम्झौता नवीकरण गरेका छन् ।
यस सिजनको बाँकी अवधी र थप पाँच सिजन बार्सिलोनामै बस्ने गरी सम्झौता भएको हो । १८ वर्षीय फातीको बाई आउट क्लज १ बिलियन राखिएको छ ।








