काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले प्रतिगमनको नेतृत्व गरेको दाबी गरेका छन्। शनिबार वडा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारले जनताको पक्षमा काम नगरेको बताए। उनले भने,‘गठबन्धनबाट देशलाई अस्थिरतामा धकेल्ने अग्रगमन हुन नदिने, स्वेच्छाचारी मनपरी तन्त्र खडा गर्ने काम भएको छ। ’
गठबन्धन देशलाई अस्थिरतालाई धकेन्न लागि परेको उनको आरोप छ। ओलीले प्रतिगामी गतिविधिविरुद्ध डटेर सामना गर्न निर्देशन पनि दिएका छन्। उनले राज्यका सम्मानित निकाय विवादमा पर्नु, विवादास्पद हुँदै जानु राम्रो संकेत नभएको बताए।
उनले भने, ‘अबको चुनावमा सानदार ढंगले एक्लै बहुमत ल्याउने गरी तयारीमा लागौं। राष्ट्रका उपलब्धिहरु प्राप्तीमा नेकपा एमालेको असाधारण भूमिका छ। हाम्रा सम्पूर्ण क्रियाकलापहरु अनुशासीत लोकतान्त्रिक हुनुपर्छ। हामीले अनुशासित पार्टी चाहेका हौं। ’ उनले भने, ‘लोकतन्त्रको उन्नत पक्ष हो चुनाव। हाम्रो पार्टी समझदारीका नाममा लोकतन्त्रलाई निषेध गर्ने गल्ति गर्दैन। हाम्रो पार्टीको सम्पुर्ण अधिकार पार्टीका कार्यकर्ता हुन्। पार्टीको सार्वभौमसत्ता कार्यकर्तामा रहन्छ।’








