गृहपृष्ठ Featured प्रेस सेन्टर नेपाल कपिलवस्तुको नेतृत्वमा बेल्वासे सर्वसम्मत

प्रेस सेन्टर नेपाल कपिलवस्तुको नेतृत्वमा बेल्वासे सर्वसम्मत

कपिलवस्तु : प्रेस सेन्टर नेपाल कपिलवस्तुको ५ औ अधिवेशनबाट अर्जुन बेल्बासेको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ । कपिलवस्तु नगरपालिकाको सभा हलमा भएको अधिवेशनबाट बेल्बासेको अध्यक्षतामा २१ सदस्य रहेको कार्य समिति निर्वाचित भएको हो ।

खुल्ला उपाध्यक्षमा भुपाल थापा , समावेशी उपाध्यक्षमा कल्याणी खनेल , सचिवमा माधव बेल्बासे , सह सचिव खुल्ला रमेश गैरे र समावेशी सह सचिव शैलन्द्र श्रीमाल , कोषाध्यक्ष हरि घिमीरे लगायत २१ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन संयोजक डिलाराम भुसालले जानकारी दिनु भयो ।

अधिवेशनमा प्रेस सेन्टर लुम्बिनी प्रदेश संयोजक मानसिंह विकले प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूले स्वच्छ तथा निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताउनुभयो । लामो सर्घष पछि अहिलेको व्यवस्था आएको भन्दै यो व्यवस्थालाई टिकाई राख्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । लुम्बिनी प्रदेशको बजेटको विषयमा अनेक टीकाटिप्पणी आएको र त्यस्ता गलत टीकाटिप्पणीका विरुद्धमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहले पत्रकारहरूले सत्य तथ्य आधारमा समाचार नागरिकहरू समक्ष लैजानुपर्ने बताउनुभयो । देश र जनताका लागि माओवादी केन्द्रले गरेका क्रियाकलापहरू नागरिकहरू समक्ष पु¥याउन पत्रकारहरूले कन्जुसाई गर्न नहुने बताउनुभयो ।

कतिपय पत्रकारहरू चुनावको बेलामा मात्र पत्रकार हुने भएकोले त्यस्ता व्यक्तिलाई नेतृत्व दिन नहुने टिप्पणी गर्नुभयो । समाचार लेख्ने पत्रकारहरू सधैँ पछाडि पर्ने भएकोले अधिवेशनले सक्रिय पत्रकारहरूलाई एकजुट बनाउने माध्यम रहेको बताउनुभयो ।

जिल्ला कार्यालय सचिव सरोज खनालले गत दुई कार्यकाल पत्रकार महासङ्घको नेतृत्व प्रेस सेन्टरले पाएको र आगामी दिनमा पनि सेन्टरले पाउने बताउनुभयो । सखामा भन्दा पनि गुणस्तरमा ध्यान दिने बताउँदै कलम चलाउने पत्रकारहरूको भूमिकालाई मुल्याङकन गरिने बताउनुभयो । नव निर्वाचित अध्यक्ष बेल्वासेले आगामी दिनमा सङ्गठनलाई मजबुत बनाउने प्रतिबद्धता गर्नुभयो ।

सम्बन्धित् समाचार