गृहपृष्ठ Featured भारत–पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदै : बन्न सक्छन् यी पाँच कीर्तिमान

भारत–पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदै : बन्न सक्छन् यी पाँच कीर्तिमान

काठमाडौं : भारत र पाकिस्तानबीच टी–२० विश्वकप क्रिकेटको समूह चरणको खेलमा आज प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुने यो खेललाई लिएर दुबै देशका जनता निकै आतुर देखिएका छन् । दुई देशबीचको खेलमा बन्नसक्ने केही सम्भावित रेकर्ड यस्ता छन् ।

कीर्तिमानमा बुमराहको नजर
भारतीय फास्ट बलर जसप्रित बुमराहसामु पनि कीर्तिमान बनाउने अवसर छ । उनले ५० टी–२० खेलमा ५९ विकेट लिएका छन् । भारतका तर्फबाट टी २० मा सर्वाधिक विकेट लिनेको सूचीमा बुमराह दोस्रो नम्बरमा छन् । युजवेन्द्र चहलले भारतका लागि सर्वाधिक ६३ विकेट लिएका छन् । तर, चहल यस विश्वकपमा छैनन् । त्यसैले बुमराहलाई चाहलको कीर्तिमान तोड्ने अवसर छ ।

रोहित शर्माले बनाउन सक्छन् दुई रेकर्ड
भारतका ओपनर रोहित शर्मा टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक धेरै रन बनाउने मामिलामा तेस्रो नम्बरमा छन् । उनले अहिलेसम्मम १ सय ११ टी २० मा ३२ दशमलव ५४ को औसतमा २८६४ रन बनाएका छन् । यस सूचीमा भारतका विराट कोहली पहिलो र न्यूजील्यान्डका मार्टिन गुप्टिल दोस्रो नम्बरमा छन् । गुप्टिलले १ सय २ खेलमा २९३९ रन बनाएका छन् ।

रोहित शर्माले पाकिस्तानविरुद्ध ७६ रन बनाउन सके भने गुप्टिललाई पछि पारेर दोस्रो स्थानमा पुग्न सक्नेछन् । त्यसैगरी, टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक चौका प्रहार गर्नेको सुचीमा पनि रोहित चौथो नम्बरमा छन् । उनले २ सय ५२ चौका लगाएका छ । थप पाँचवटा चौका लगाउन सके उनले यो सूचीमा तेस्रो नम्बरमा रहेका काबिज गुप्टिललाई उछिन्नेछन् ।

सम्बन्धित् समाचार