गृहपृष्ठ Featured प्रधानन्यायाधीश भेट्न नेपाल बारको टोली सर्वोच्चमा

प्रधानन्यायाधीश भेट्न नेपाल बारको टोली सर्वोच्चमा

काठमाडौं : सर्वोच्च अदालतमा नेपाल बार एसोसियसनको टोली पुगेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट गर्न बारको टोली सर्वोच्च पुगेको हो । प्रधानन्यायाधिशको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठेको छ । बारले शनिबार आफूहरुले प्रधानन्यायाधीशको राजीनामा माग नगरेको बताएको थियो ।

नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयनका लागि १५ दिने अल्टिमेटिम दिने तयारी भएको बताए । यस्तै बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गरेको छ ।

बारका अध्यक्ष अध्यक्ष चण्डेश्वर श्रेष्ठले शनिबार एक कार्यक्रममा बोल्दै आफूहरुले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको बताएका थिए । श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको टिप्पणी गरेका छन्।

सम्बन्धित् समाचार