गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुटवल : सोमबारका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका बोलाइएको बैठक स्थगित गरिएको हो ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा सोमबार बोलाइएको बैठक स्थगित गरिएको बताए ।

अबको बैठक यही कात्तिक ११ गते बिहीबार बोलाइएको छ । यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो ।

बैठकमा सहभागिता जनाएपनि सूर्य चिन्हबाट चुनाव लडेका तर हाल सरकारमा सहभागी भएका दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।

सम्बन्धित् समाचार