गृहपृष्ठ Featured बाँकेको कोहलपुरबाट साढे तीन लाख नगदसहित ६ जुवाडे पक्राउ

बाँकेको कोहलपुरबाट साढे तीन लाख नगदसहित ६ जुवाडे पक्राउ

दाङ : बाँकेको कोहलपुरबाट साढे तीन लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन्। कोलहपुर नगरपालिका वडा नं। ८ स्थित रुद्रवीर खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर तीन लाख ४९ हजार सात सय ५० रुपैयासहित ६ जुवाडेलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले गोप्य सूचनाका आधारमा मंगलबार राति १ बजेतिर प्रहरीले खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिए।

सम्बन्धित् समाचार