गृहपृष्ठ Featured शितगंगा-१३ मा रहेको श्री बुद्ध आधारभूत विद्यालयमा विधार्थीले लगाए ताला

शितगंगा-१३ मा रहेको श्री बुद्ध आधारभूत विद्यालयमा विधार्थीले लगाए ताला

वैखरी अनलाईन : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.१३ देउरालीमा रहेको श्री बुद्ध आधारभूत विद्यालयमा ताला लागेको छ । विधार्थीहरुले विद्यालयमा प्रभावकारी पढाई नहुदाँ समेत वास्ता नगरेको भन्दै ताला लगाएका हुन् ।

विगत ८/९ दिनदेखि विद्यालयमा कक्षा ६/७ को पढाई ठप्प भएपछि विद्यालयमा ताला लगाउन बाध्य भएको विद्यार्थीहरुले बताएका छन् । कक्षा ५ सम्मको दरबन्दीका शिक्षकले पहिले बढाउँदै गरेको तर अहिले उनले नै नपढाएपछि कक्षा ६/७ मा पढाई प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन् ।

विद्यालयमा विद्यार्थीको पढाई प्रभावित हुदाँ समेत विद्यालका प्रअ बाबुराम भूसालले कुनै चासो नदिएको विधार्थीको आरोप छ ।

यस्तै विगत ३ दिनदेखि विद्यालयमा ताला लाग्दाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विसीले पनि कुनै ठोस कदम नचालेको विधार्थीले बताएका छन् ।

सम्बन्धित् समाचार