गृहपृष्ठ Featured नेपाल बारद्धारा प्रधानन्यायाधीशको राजीनामा माग : नदिए देशव्यापी आन्दोलनको चेतावनी

नेपाल बारद्धारा प्रधानन्यायाधीशको राजीनामा माग : नदिए देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौं : नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । र राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ ।

बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ, ‘‘वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं ।’

 

सम्बन्धित् समाचार