गृहपृष्ठ Featured गठबन्धनको सरकार चुनावसम्म टिक्दैन- पृथ्वीसुब्बा गुरुङ

गठबन्धनको सरकार चुनावसम्म टिक्दैन- पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको सत्ता गठबन्धन चुनावसम्म नटिक्ने बताएका छन्। बुधबार प्रेस चौतारी नेपालले लमजुङको बेसिशहरमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता गुरुङले यस्तो बताएका हुन्।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका गुरुङले भने ‘एमालेले गरेका राम्रा कामविरुद्ध गठबन्धन बनेको हो।’ अहिले अवसरवादको खेती गर्ने शक्ति एकजुट भएको र एमालेले अघि सारेको राजनीतिक स्थायित्व, आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताजस्ता राम्रा काम रोक्ने उद्देश्यले गठबन्धन बनेको गुरुङले आरोप लगाए ।

उनले आफ्नै पार्टीको सरकार हटाउनेहरूले अक्षम्य अपराध गरेको टिप्पणी गरे।

अर्को प्रसङगमा नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोपसमेत लगाए।

सम्बन्धित् समाचार