वैखरी अनलाईन : करिव ४ हजार पार्टी संगठित सदस्य रहेको नेकपा एमाले बाणगंगा नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सर्वसम्मत चयन हुनुभएका युवा नेता युवराज पोख्रेलले अब पार्टीलाई थप शसक्त ढङगले अगाडि बढाउने बताउनुभएको छ । पार्टी नेतृत्वले आफुलाई विश्वास गरेर जिम्मेवारी प्रदान भन्दै उक्त जिम्मेवारीलाई दृढताका साथ निर्वाह गर्ने बताउनुभयो । वैखरी अनलाईनलाई संक्षिप्त प्रतिक्रिया दिदैैं अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो ।
एमालले देशमा समृद्धिको यात्रालाई थप उचाईमा पुर्याउने उहाँले दाबी गर्नुभएको छ । बाणगंगामा पार्टी संगठनलाई थप बजबुत बनाउँदै सबैलाई मिलाएर लाने उहाँको भनाई छ ।
पोख्रेलले नेकपा विभाजन पछि पनि बाणगंगा नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।








