गृहपृष्ठ Featured एमाले पालिका अधिबेशन : कपिलवस्तुका १० पालिकामा सर्वसम्मत नेतृत्व चयन

एमाले पालिका अधिबेशन : कपिलवस्तुका १० पालिकामा सर्वसम्मत नेतृत्व चयन

कपिलबस्तु : नेकपा एमालेले कपिलबस्तु जिल्लाका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाका १० पालिका मध्ये ६ नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

नेकपा एमाले महाराजगञ्ज नगरपालिकाको अध्यक्षमा निजामुद्दीन डफाली सर्वसम्मत चयन भएका छन् । यस्तै शिवराज नगर कमिटी अध्यक्षमा जगत पौडेल, कपिलवस्तु नगरपालिका अध्यक्षमा श्याम प्रजाप्रति, बुद्धभुमी नगर कमिटी अध्यक्ष देवि बेल्बासे, बाणगंगा नगरपालिकाको अध्यक्ष युवराज पोख्रेल र कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्य सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, नेकपा एमाले विजयनगर गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा थर्क बहादुर खन्गाहा, मायादेवी गाउँपालिका कमिटी अध्यक्षमा जगन्नाथ चौधरी, शुद्धोधन गाउँपालिका अध्यक्षमा राम विलास कुर्मी र यशोधरा गाउँ कमिटी अध्यक्षमा हराम सरिफ मुसलमान सर्वसम्मत चयन भएका छन् ।

सम्बन्धित् समाचार