गृहपृष्ठ Featured गुल्मीमा ३१ वर्षीय युवा बने एमालेको पालिका अध्यक्ष

गुल्मीमा ३१ वर्षीय युवा बने एमालेको पालिका अध्यक्ष

गुल्मी : नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत गुल्मीको इस्मा गाउँपालिकामा ३१ वर्षीय युवा राजेन्द्रविक्रम कुँवर अध्यक्ष पदमा निर्वाचित भएका छन् । कुँवर ९३ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी नारायण पैयानीले ४६ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी विनबहादुर गौतमले १० मतमात्र प्राप्त गरे ।

उपाध्यक्ष पदमा नारायण पराजुली सर्वसम्मत चयन भएका छन् । सचिवमा गनुप्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै उपसचिवमा नविन अर्याल र कल्पना अधिकारी सर्वसम्मत चयन भएका छन् ।

इस्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कुँवर विद्यार्थी नेता हुन् । २०६२/०६३ को जनआन्दोलनमा अनेरास्ववियुको जिल्ला सदस्यबाट जनआन्दोलनमा सक्रिय उनी हस्तीचौरका बासिन्दा हुन् । एमाले गुल्मीको इतिहासमै कुँवरले सबैभन्दा कम उमेरमा पालिकाको नेतृत्व हासिल गरेका हुन् ।

सम्बन्धित् समाचार