गृहपृष्ठ Featured नक्कली नोट छापेको आरोपमा एक जना पक्राउ

नक्कली नोट छापेको आरोपमा एक जना पक्राउ

जनकपुरधाम : महोत्तरीमा नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा(५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ बर्षीय सुकन महतो छन् ।

महतोलाई नक्कली बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले बताए ।

उनको साथबाट तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको ८ लाख ८२ हजार ४ सय २० नेपाली नोट र विभिन्न दरको कटिङ गरिएको नक्कली २ लाख ७७ हजार ९ सय ७० भारतीय रुपैयाँ महतोको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै उनको साथबाट विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७०, भारु २६ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार